Logo

काठमाडौं, ३० भदौ २०८२ । निर्वाचन आयोगले रूपन्देही जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३ मा हुन लागेको उपनिर्वाचनका सबै कार्यक्रमहरू रद्द गरेको छ ।

देशमा जेन–जी आन्दोलनले निम्त्याएको परिस्थितिपछि आयोगले कात्तिक १७ गतेका लागि तय गरिएको उपनिर्वाचन कार्यक्रम स्थगित गरेको हो । राष्ट्रपतिको कार्यालयबाट भदौ २७ गते जारी गरिएको विज्ञप्तिअनुसार, प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते बिहीबार नयाँ प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएको छ। यसै कारणले गर्दा, आयोगले उपनिर्वाचनको औचित्य नभएको ठहर गर्दै बाँकी सबै प्रक्रियाहरू रद्द गरेको हो ।

उक्त निर्वाचन क्षेत्रमा राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उपनिर्वाचनको आवश्यकता परेको थियो। यद्यपि, अब यो निर्वाचन नयाँ आम निर्वाचनसँगै हुनेछ।


सम्बन्धित समाचार