२ असोज, काठमाडौं । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकमको चाप बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि नयाँ कदम चालेको छ।
आज असोज २ गते राष्ट्र बैंकले ‘१० दिने निक्षेप संकलन’ उपकरणमार्फत बैंकिङ्ग प्रणालीबाट ९० अर्ब रुपैयाँ बान्ने घोषणा गरेको छ । अर्थतन्त्रमा तरलता धेरै हुँदा यसले मूल्यवृद्धिमा दबाब पार्न सक्छ। यही जोखिमलाई ध्यानमा राख्दै केन्द्रीय बैंकले बजारमा रहेको अतिरिक्त पैसालाई आफ्नोतर्फ तान्दै आएको छ । यो बोलकबोल दिउँसो ३ बजे हुनेछ, जसमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूले बहु–ब्याजदरमा बोलकबोल गर्न सक्नेछन् ।
यस पटक असोज लागेपछि राष्ट्र बैंकले पहिलो पटक यो उपकरण प्रयोग गरेको हो । यसको उद्देश्य बजारमा रहेको पैसालाई अल्पकालका लागि राष्ट्र बैंकमा सुरक्षित राख्नु हो, जसले गर्दा वित्तीय स्थिरता कायम गर्न सहयोग पुग्छ । सावाँ र ब्याजको भुक्तानी असोज १२ गते गरिनेछ ।















