Logo

२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान राजनीतिक व्यवस्था असफल भइसकेको निष्कर्ष निकालेको छ। पार्टीले यसअघि नै उठाउँदै आएको यो विषयलाई पछिल्लो ‘जेनजी’ आन्दोलनले थप पुष्टि गरेको राप्रपाले जनाएको छ।

बिहीबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठले अहिलेकै संविधानबाट मुलुक अघि बढाउन खोज्नु थप असफलता निम्त्याउनु भएको बताए।

राप्रपाले देशलाई भविष्यमा हुने धनजनको क्षति, दीर्घकालीन द्वन्द्व, भूराजनीतिक चक्रव्यूह र वैदेशिक हस्तक्षेपबाट बचाउन सबै राजनीतिक शक्तिहरूबीच नयाँ समझदारी आवश्यक रहेकोमा जोड दिएको छ। पार्टीका अनुसार, यस किसिमको समझदारीले मात्र नेपालको निर्णायकत्व नेपाली जनताको हातमा रहने सुनिश्चित गर्नेछ।


सम्बन्धित समाचार
भर्खरै