Logo

३ असोज, काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्थितिमा यातायात व्यवस्था विभागमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

संविधान दिवसको अवसर पारेर ‘हाम्रो ठाउँ हामी बनाऔँ’ नाराका साथ पुनर्निर्माण अभियानले यो सरसफाइ गरेको हो । हालै जेनजी आन्दोलनका क्रममा आगजनीले क्षतिग्रस्त भएको यातायात व्यवस्था विभागको भवन र परिसर सफा गर्न २५३० जना युवाको समूह सक्रिय भएको थियो । मन्त्री घिसिङ स्वयम् कार्यक्रममा उपस्थित भएर अभियानलाई हौसला दिएका थिए ।

यसले आन्दोलनबाट भएको क्षतिलाई सामूहिक प्रयासबाट पुनर्निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। विशेष गरी सरकारको नेतृत्व गरिरहेका मन्त्री नै यस्ता अभियानमा सहभागी हुनुले सार्वजनिक सम्पत्तिको संरक्षण र पुनर्निर्माणमा राज्यको प्रतिबद्धता झल्किएको छ।


सम्बन्धित समाचार
भर्खरै