१० असोज, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज शुक्रबार, १० असोज २०८२ मा सामान्य बढेको छ भने चाँदीले आफ्नो हालसम्मकै उच्च मूल्यको कीर्तिमान बनाएको छ ।
छापावाल सुन बिहीबारको तुलनामा प्रति तोला आज १,२०० रुपैंयाले वृद्धि भएको छ । यो सँगै आज सुन २ लाख २२ हजार ५०० रुपैंयामा कारोबार भैरहेको छ । हिजो तोलामा २ लाख २१ हजार ३०० रुपैंयामा कारोबार भएको थियो ।
चाँदीको मूल्य बिहीबारको तुलनामा प्रति तोला ५५ रुपैंयाले बढेर प्रतितोला २ हजार ७४० रुपैंयामा करोबार भैरहेको छ । महासंघका अनुसार आज कायम भएको यो मूल्य नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च हो । चाडपर्वको मुखमा सुन र चाँदी दुवैको मूल्यमा देखिएको यो वृद्धिले उपभोक्तालाई थप महँगीको भार पारेको छ।















