Logo

३१ असोज, काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन विभाग प्रमुख विष्णुप्रसाद जोशी ले भदौ २४ गते राति सिंहदरबारमा आगलागी हुँदा दमकल समयमै घटनास्थलमा पुगेको दाबी गरेका छन् ।

उनले दमकल ढिलो पुगेको भन्ने आरोपलाई खण्डन गर्दै, भीडको कारणले आगो निभाउन कठिन भएको स्पष्ट पारेका छन् । शुक्रबारको कार्यपालिका बैठकमा महाशाखा प्रमुख जोशीले सिंहदरबारको आगो निभाउन दमकल भदौ २४ को राति ८ः१५ बजे नै पुगेको बताए। उनले दुई दमकल पानीले आगो निभाउने प्रयास गरिएपनि त्यसको प्रमाणहरू सम्बन्धित निकायमा बुझाइ नसकेको बताए ।

५ वटा दमकल, धेरै ठाउँबाट फोन

उनले आगो निभाउने प्रयास भीडको अवरोधका कारण असफल भएको बताएका छन् । साथै, आगो नियन्त्रणमा स्रोतसाधनको सीमितताले कसरी चुनौती थपेको थियो भन्ने तथ्य पनि उजागर गरे । ‘आगो निभाउनका लागि विभिन्न स्थानबाट फोन आइरहेको थियो । तर, ५ वटा मात्रै दमकल हामीसँग थियो । कता–कता पुर्‍याउने ? उनले प्रश्न गरेका छन् ।

यो स्पष्टीकरणले एकातर्फ सिंहदरबारको आगलागी नियन्त्रणमा दमकलको प्रयास भएको पुष्टि गर्छ भने, अर्कोतर्फ आन्दोलन र भीडभाडको समयमा विपद् व्यवस्थापनमा आइपर्ने जटिलता र महानगरसँग रहेको अत्यन्तै न्यून दमकलको संख्या लाई प्रमुख मुद्दाका रूपमा अगाडि सारेको छ।


सम्बन्धित समाचार
भर्खरै