१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी १३ कात्तिक दिउँसो १ बजे पुनः बस्ने भएको छ। शनिबार बसेको चौंथो दिनको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको हो।
केन्द्रीय सदस्य प्रतिमा गौतमले बैठक प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वमन्त्री ऋषिकेश गौतमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको जानकारी दिइन्।
यसअघि सुरू भएको कार्यसमिति बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन, नीति तथा आगामी कार्ययोजनाबारे छलफल जारी थियो।















