२ कात्र्तिक काठमाडौं । गृह मन्त्रालयका सचिव रामेश्वर दंगालले मुलुकभरका ७७ वटै प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ११ वटा शीर्षकमा विभाजित ७ पृष्ठ लामो विस्तृत निर्देशन दिएका छन्।
आइतबार सचिवस्तरीय निर्णयमार्फत जारी गरिएको निर्देशनमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, निर्वाचन, विकास, आपूर्ति व्यवस्थापन, विपद् व्यवस्थापन, कारागार प्रशासन, अनुगमन, कार्यक्रम सहभागिता र व्यक्तिगत आचरणसमेतका विषयमा उल्लेख छ।
निर्देशनअनुसार, शान्ति सुरक्षा शीर्षकमा ९ बुँदा, अपराध नियन्त्रणमा ३ बुँदा, निर्वाचन व्यवस्थापनमा ५ बुँदा, सुशासन तथा प्रभावकारी सेवा प्रवाहमा १० बुँदा समावेश छन्।
त्यस्तै विकास व्यवस्थापनमा १, कारागार प्रशासनमा ३, विपद् व्यवस्थापनमा ३, आपूर्ति व्यवस्थापन सन्दर्भमा ३२ बुँदा, अनुगमन तथा निरीक्षणमा ७ बुँदा, कार्यक्रम सहभागिता तथा व्यवस्थापनमा १० बुँदा र विविध शीर्षकमा ८ बुँदा गरी कुल ९१ बुँदामा निर्देशन दिइएको छ।
सचिव दंगालले सीडीओहरूलाई जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने, सुशासन प्रवर्द्धन गर्ने, नागरिक सेवामा सहजता ल्याउने र सरकारप्रति नागरिकको विश्वास बढाउने गरी सक्रिय हुन निर्देशन दिएका छन्।
निर्देशनलाई गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पठाएका छन्।















