Logo

प्रतिकात्मक चित्र

६ कात्तिक,रूपन्देही  । तिहारको टीका लगाएर फर्कँदै गर्दा दाङको देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका–५ सिंगे निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईलाई लमही नगरपालिका–५ स्थित प्रतिष्ठा पेट्रोल पम्प नजिकै दिउँसो १ बजे बसले ठक्कर दिएको थियो।

ठक्कर दिइएको बस पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको रहेको छ। गम्भीर घाइते भएका भट्टराईलाई लमही अस्पताल लगिएको थियो जहाँ उपचारका क्रममा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले जानकारी दिएका छन्।

ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार