Logo

८ कात्तिक,वीरगञ्ज ।  नेपालकै सबैभन्दा ठूलो पर्व छठको अवसरमा वीरगञ्ज कारागारमा रहेका बन्दी महिलाहरूलाई छठ पूजाका लागि आवश्यक सामग्री र साडी वितरण गरिएको छ।

रुङ्गाट वेलफेयर सोसाइटी र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त पहलमा आयोजित कार्यक्रममा बन्दी महिलाहरूलाई ८० थान साडी वितरण गरिएको ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए।

कार्यक्रमका क्रममा रुङ्गाट वेलफेयर सोसाइटीका अध्यक्ष मुरलीधर रुङ्गाट, पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी र अध्यक्ष खेतानलगायतले बन्दी महिलाहरूलाई साडी र पूजा सामग्री हस्तान्तरण गरेका थिए।

आयोजक संस्थाहरूका प्रतिनिधिहरूले छठ पर्वले आपसी सद्भाव, सहानुभूति र एकताको सन्देश दिने भएकाले कारागारभित्र रहेका महिलाहरूलाई पनि यस पर्वमा सहभागी गराउन पाउँदा खुशी व्यक्त गरे।

स्थानीय प्रशासन र सामाजिक सङ्घ–संस्थाहरूले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र सामाजिक उत्तरदायित्व निर्वाहमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।


सम्बन्धित समाचार