Logo

११ कात्र्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (भदौ मसान्त) मा बैंक तथा वित्तीय संस्थाहरूबीच अल्पकालीन अवधिका लागि हुने अन्तरबैंक कारोबारमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

यसले बैंकिङ प्रणालीभित्रको अल्पकालीन तरलता व्यवस्थापनमा सक्रियता बढेको सङ्केत गर्छ। साउन र भदौ महिनामा कुल २ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको छ। वाणिज्य बैंकहरूबीच १ खर्ब ९८ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको पाईएको छ । अन्य वित्तीय संस्थाहरू वाणिज्य बैंकबाहेक ३० अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको देखिन्छ ।

गत आर्थिक वर्षको सोही दुई महिनाको अवधिमा अन्तरबैंक कारोबार जम्मा १ खर्ब ९३ अर्ब ७० करोड रुपैयाँ रहेको थियो । यस वर्षको वृद्धिले वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरू दुवैको अल्पकालीन कोष व्यवस्थापनको आवश्यकता बढेको देखाउँछ।

विशेषगरी वाणिज्य बैंकहरूबीचको कारोबारमा झन्डै ८ अर्ब रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको कारोबारमा झन्डै ८ गुणा ले वृद्धि भएको देखिन्छ। बैंकिङ प्रणालीमा तरलताको चाप र आवश्यकता अनुसार अल्पकालीन सापटी लिनुपर्ने अवस्था बढेसँगै अन्तरबैंक कारोबारको आकार पनि विस्तारित भएको हो ।


सम्बन्धित समाचार