Logo

११ कात्र्तिक, काठमाडौं । सङ्घीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले मंगलबार कात्तिक ११ गतेदेखि नै लागू हुने गरी पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । सचिव अर्यालको राजीनामा पत्र राष्ट्रपति कार्यालयमा पुगिसकेको छ र स्वीकृति प्रक्रिया अघि बढेको छ । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएअनुसार, अर्यालले ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड क बमोजिम’ राजीनामा दिएका हुन् ।

राष्ट्रिय सभा सचिवालयको नेतृत्व तहमा भएको यो आकस्मिक परिवर्तनलाई चासोका साथ हेरिएको छ।


सम्बन्धित समाचार