Logo

१२ कात्तिक,वीरगञ्ज । गत भाद्र २४ गते जेनजी आन्दोलनको अवसरमा नख्खु कारागार, ललितपुरबाट फरार भएका लागुऔषध कसूरका ३९ वर्षीय लालबाबु साहलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा पर्सा प्रहरीले साहलाई उनको घरबाट नियन्त्रणमा लिएको हो। साह वीरगन्ज महानगरपालिका वडा नं १० रानीघाट बस्ने छन्। ललितपुर जिल्ला अदालतले उनलाई लागुऔषध सम्बन्धी कसूरमा २ वर्ष १ महिना कैद र १ लाख ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, साह भाद्र २४ गते जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए र त्यसयता आफ्नो गाउँघरमा लुकीछिपी बस्दै आएका थिए।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले हिजो साँझ ५ः३० बजे उनलाई पक्राउ गरी आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालय (नख्खु) पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए।


सम्बन्धित समाचार