Logo

१३ कात्र्तिक, काठमाडौं । नेकपा एमालेनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष तथा एमालेका केन्द्रीय सदस्य कमल गौतमको दुःखद निधन भएको छ ।

भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला उनी अचानक बेहोस भई ढलेका थिए ।
बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १० उद्योगमा ट्रंकलाइन विवादको कारण विद्युत् प्राधिकरणले लाइन काटेको विरोधमा उद्योगी र मजदुरहरूले संयुक्त प्रदर्शन गरेका थिए । गौतम सोही प्रदर्शनमा मजदुरहरूको तर्फबाट वक्ताका रूपमा सहभागी थिए ।

उनलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो । अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालका अनुसार, ६५ वर्षीय गौतमको हृदयघातका कारण मृत्यु भइसकेको चिकित्सकहरूले घोषणा गरेका थिए।

बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि जिफन्ट र पार्टी राजनीतिमा सक्रिय थिए। उनका श्रीमती र दुई छोरा छन् ।


सम्बन्धित समाचार
भर्खरै