Logo

१३ कात्र्तिक, काठमाडौं । नेपालको सार्वजनिक ऋण दायित्व लगातार बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (असार मसान्तदेखि असोज मसान्तसम्म) को अवधिमा देशको कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रहेकोमा असोज मसान्तसम्ममा ५० अर्ब ६० करोड थप वृद्धि भएको हो ।

अहिलेको कुल ऋण दायित्व देशको कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ६१ प्रतिशत पुगेको छ, जसले अर्थतन्त्रमाथिको दबाब स्पष्ट पार्छ। कार्यालयका अनुसार, चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा असोज मसान्तसम्ममा १ खर्ब ८४ करोड ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको तुलनामा १६ दशमलव ९३ प्रतिशत मात्र हो ।

चालु आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि ४ खर्ब ११ अर्ब १ करोड विनियोजन गरिएकोमा असोज मसान्तसम्म १ खर्ब ९ अर्ब ८९ करोड भुक्तानी भइसकेको छ। यो कुल बजेट विनियोजनको आधारमा २६ दशमलव ७४ प्रतिशत हुन आउँछ।


सम्बन्धित समाचार