Logo

१३ कात्तिक, काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च वृद्धि देखिएको छ ।

बजार परिसूचक ३४ दशमलव २२ अङ्कले बढेर २६०० दशमलव ३८ विन्दुमा पुगेको छ, जसले लगानीकर्ताहरूमा उत्साह थपेको छ । परिसूचकको वृद्धिसँगै कुल कारोबार रकम पनि उल्लेख्य बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।
आजको बजारमा कारोबार भएका कुल कम्पनीमध्ये २१६ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको मूल्यमा गिरावट आयो र ५ कम्पनीको मूल्य स्थिर रह्यो । म्युचुअल फण्ड बाहेक बजारका सबै समूहको सूचकमा हरियाली छाएको छ । विशेषगरी, हाइड्रोपावर क्षेत्रमा सबैभन्दा धेरै २ प्रतिशतभन्दा माथिको वृद्धि दर्ज भएको छ ।

कारोबारमा हिमालयन बैंकको प्रोमोटर सेयरले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ, जसको १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भयो। राधी जलविद्युत् र नेपाल पुनर्बीमा कम्पनी ३० करोडभन्दा माथिको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

आज गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । साथै, सुपर मादी हाइड्रोपावर, गणपति लघुवित्त र पिपुल्स हाइड्रोपावरको मूल्य पनि ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । यद्यपि, एनआईबीएल स्ट्याबल फण्ड सर्वाधिक ५।७० प्रतिशतले घटेको छ ।


सम्बन्धित समाचार