१३ कात्तिक,काठमाडौं । सिन्धुली जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्ग आज र भोलि राति ५ बजेदेखि विहान ५ बजेसम्म बन्द गर्ने निर्णय गरेको छ। प्रशासनले भारी वर्षाको सम्भावना र बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै यो कदम उठाएको जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १३ देखि १५ गतेसम्म सो क्षेत्रमा भारी वर्षाको संभावना रहेको जानकारी गराइसकेको छ। यस कारणले सवारी साधन र यात्रुहरूलाई सम्भावित जोखिम र मानवीय तथा भौतिक क्षति हुन नदिनका लागि राजमार्ग बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
सो अवधिमा बीपी राजमार्गको खुर्कोटबजारदेखि सिन्धुली हुँदै काठमाडौंतर्फ जाने सवारी साधनको आवागमन निषेध गरिएको छ। साथै, दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षा निकायले सवारी साधनलाई सुरक्षित स्थानमा रोक्न सक्नेछन्।
प्रशासनले बीपी राजमार्ग तथा मध्यपहाडी राजमार्गमा वर्षा भइरहेको अवस्थामा सवारी साधन चलाउन नगर्न पनि अनुरोध गरेको छ।

















