Logo

१३ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो रुष्टतालाई औपचारिक रूप दिँदै नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उनले घोषणा गरेको नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल राखिएको छ । रेशम चौधरीले आज बिहीबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएसँगै पार्टीको नयाँ चुनाव चिह्न ‘जाँतो’ प्रस्ताव गरिएको जानकारी दिएका छन् । यसअघि उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी’ (नाउपा) को चुनाव चिह्न भने ढकिया रहेको थियो ।

पार्टी विभाजनको पृष्ठभूमि

चौधरीले गत भदौ २९ गते नै नयाँ पार्टी गठनको घोषणा गरेका थिए । हाल नाउपाको अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई कुनै जानकारी नदिई पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै संरक्षक रेशमलाल रुष्ट बनेका थिए । चौधरीको यो कदमले अब नाउपा औपचारिक रूपमा दुई भागमा विभाजित हुने बाटो खुलेको छ ।


सम्बन्धित समाचार