Logo

१४ कात्र्तिक, काठमाण्डौ । हिजोदेखि देशका धेरै भागमा निरन्तर वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेकोमा अब भोलिदेखि मौसममा क्रमिक सुधार आउने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीनदिने मौसमी बुलेटिनअनुसार आज ९शुक्रबार० भने अझै केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको छ । आज दिउँसो भने कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका एकरदुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार रातिदेखि कोशी र मधेशका केही ठाउँमा ठूलो पानी परेको छ, जसमा विशेषगरी मोरङ, सप्तरी र झापा सबैभन्दा बढी प्रभावित भएका छन् । आज राति पनि कोशी र मधेश प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना कायमै रहेको छ। उच्च पहाडी र हिमाली भेगमा हिमपात जारी छ ।

भोलिबाट भने मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । भोलि कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा मात्र हुने सम्भावना छ, ठूलो पानी पर्ने सम्भावना भने न्यून छ । बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्नेछ । कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा छिटपुट वर्षा र हल्का हिमपात हुन सक्ने महाशाखाको भनाइ छ ।

आइतबार कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि समग्रमा मौसम खुल्दै जाने पूर्वानुमान गरिएको छ ।


सम्बन्धित समाचार