१४ कात्तिक,वीरगञ्ज । बारागढी गाउँपालिका–६ का वडाध्यक्ष निरज साह तेलीको बिहीबार राति निधन भएको छ। ४६ वर्षीय तेलीको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा निधन भएको उनका काका तथा बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले जानकारी दिए।
वडाध्यक्ष तेली लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेका थिए। उनी हाल नेपाली कांग्रेसबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए भने पहिलो कार्यकालमा जनता समाजवादी पार्टी (जसपा) बाट वडाध्यक्ष बनेका थिए।
सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका तेली लोकप्रिय जनप्रतिनिधि मानिन्थे।
उनका २ छोरी, एक छोरा र श्रीमती छन्। परिवार, पार्टी र स्थानीय समुदायले उनको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्।














