Logo

१६ कार्तिक, काठमाडौं । आजदेखि देशभरका सरकारी कार्यालयहरूको कार्यसमय घट्ने भएको छ। सरकारले चालू आर्थिक वर्षका लागि तोकेको नयाँ व्यवस्थाअनुसार कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र रहनेछ।

मन्त्रिपरिषद्को निर्णयअनुसार हिउँदे समयमा कार्यालय समय घटाइने परम्परा अनुसार यो व्यवस्था लागू गरिएको हो। अन्य महिनामा भने कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कायम रहनेछ।

शुक्रबारको दिन भने कार्यालय समय दिउँसो ३ बजेसम्म मात्र खुला रहने सरकारी सूचना प्रणालीले जनाएको छ।

ऊर्जा बचत र छोटिने दिनको प्रकाश अवधि व्यवस्थापनका लागि हिउँद याममा यस्तो समयतालिका निर्धारण गरिएको हो। सरकारी कर्मचारीहरूका लागि नयाँ कार्यसमय आजदेखि नै लागू भइसकेको छ भने सेवा लिने नागरिकहरूलाई पनि उक्त समयमै कार्यालयमा उपस्थित भई कार्य सम्पादन गर्न सरकारको आग्रह रहेको छ।


सम्बन्धित समाचार