Logo

१८ कार्तिक, काठमाडौँ ।  नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावका कारण कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहँदा बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुने सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षासहित हिमपात हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ।

महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


सम्बन्धित समाचार