Logo

२० कार्तिक, काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अधिकांश स्थानमा मौसम सामान्य रूपमा सफा रहेको छ।

महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ। यस अवधिमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले हाल देशभर तापक्रम सामान्य रहको बताउँदै हिमाली क्षेत्रका बासिन्दालाई हिमपातको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।


सम्बन्धित समाचार