Logo

२२ कात्तिक,जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिदैछन् । उनले विश्वासको मत लिएपछि मन्त्री मण्डल विस्तार पनि तत्काल गर्नुपर्ने हुन्छ ।

मन्त्री मन्त्रीमण्डल विस्तार गर्दा मधेश प्रदेशका पूर्व गृहमन्त्री तथा अर्थमन्त्री भरत प्रसाद साह पुनः सरकारमा प्रवेश गर्ने चर्चामा छन्। पार्टी स्रोतका अनुसार, यदि मुख्यमन्त्रीका रुपमा जितेन्द्र सोनलले आज प्रदेश सभाबाट विश्वासमत हासिल गर्न सफल भए, भने बन्ने नयाँ सरकारमा भरत प्रसाद साहको सहभागिता लगभग निश्चित हुने अनुमान गरिएको छ।

हालै नौ वटा वामपन्थी दलहरू एकीकृत भएर बनेको नेपाल कम्युनिस्ट पार्टीभित्र अनुभवी र जिम्मेवार नेताहरूको भूमिका सशक्त हुँदै गएको छ। माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका साहको राजनीतिक यात्रा मधेशमा दृढ र प्रभावशाली रहँदै आएको छ।

गृहमन्त्रीको हैसियतमा रहँदा उनले जनयुद्ध दिवसलाई औपचारिक रूपमा मनाउने परम्परा सुरु गरेका थिए, साथै जनयुद्धका सहिद परिवारहरूलाई ३ लाख रुपैयाँका दरले आर्थिक सहयोग र सम्मान प्रदान गरेका थिए।

त्यसैगरी, मधेश प्रदेशको नामाकरणको ऐतिहासिक निर्णयमा पनि साहको प्रस्तावक र मुख्य भूमिकाको कारण नै “मधेश प्रदेश” नाम आधिकारिक रूपमा पारित भएको थियो।

छोटो अवधिका लागि अर्थमन्त्री रहँदा उनले भ्रष्टाचार नियन्त्रणका लागि उपभोक्ता समितिमार्फत हुने ठेक्का प्रणाली खारेज गरी ठेक्का–दुराबाट काम गर्ने नीति अघि सारेका थिए, जसले सरकारी कार्यप्रणालीमा पारदर्शिता र दक्षता ल्याएको मानिन्छ।

नवगठित नेपाल कम्युनिस्ट पार्टीले प्रदेश स्तरमा जनउत्तरदायी र अनुभवी नेताहरूलाई प्राथमिकता दिने रणनीति लिएको बताइन्छ। त्यसै कारण, भरत प्रसाद साह नयाँ सरकारमा मन्त्री पदका लागि अग्रस्थानमा रहेको पार्टी भित्रको स्रोतले जनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, हालको जेनजी पुस्ताको प्रदर्शन र राजनीतिक अस्थिरताबीच अनुभवी नेतृत्वको आवश्यकता झन् बढेको छ।

यदि मुख्यमन्त्री सोनलले आज प्रदेश सभाबाट विश्वासमत हासिल गरे भने, मधेशमा अनुभव र नयाँ सोचको संयोजन भएको सरकार बन्ने विश्वास गरिएको छ । जसमा भरत प्रसाद साहको भूमिकालाई निर्णायक मानिएको छ।


सम्बन्धित समाचार
भर्खरै