Logo

२२ कात्तिक,काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता दरबारमार्गस्थित जग्गासम्बन्धी ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि हुनेगरी सम्झौता गरेको पाइएको छ।

जाँचका क्रममा पाइएको तथ्य अनुसार, सम्झौतामा सूचनामा उल्लेखित कित्ता नं. ४६०६ बाहेक अर्को कित्ता नं. ४६०५ समेत थप गरी, बिना संचालक समितिको निर्णय मोडेलमा तीन वर्षको निर्माण अवधि र ३० वर्षको लिज सम्झौता गरिएको देखिएको छ।

प्रहरीका अनुसार, नेपाल ट्रष्टको जग्गा लिजमा दिने–लिने प्रक्रियामा गैरकानूनी रूपमा लाभ लिएको ठगी र आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा अनुसन्धान जारी छ।


सम्बन्धित समाचार