Logo

१८ पौष, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २ सय ६० भन्दा बढी कर्मचारी पदपूर्तिका लागि आवेदन खुलाएको छ । प्राधिकरणले अधिकृत तथा सहायकस्तरका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणद्वारा जारी सूचनाअनुसार अधिकृतस्तरअन्तर्गत सहनिर्देशकदेखि वातावरणविदसम्मका विभिन्न पदमा १३२ जनाको माग गरिएको छ । यस्तै, सहायकस्तरमा मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर तथा लेखापाल पदका लागि १३० जनाको दरखास्त आह्वान गरिएको प्राधिकरणले जनाएको छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले माघ १० गतेभित्र अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । पद, सेवा र समूहअनुसार आवश्यक शैक्षिक योग्यता, अनुभव तथा परीक्षा प्रक्रियासम्बन्धी विवरण प्राधिकरणको आधिकारिक सूचनामा उल्लेख गरिएको छ ।

यसैबीच, नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन फाराम खुलाएको जानकारी दिएको छ । बढुवासम्बन्धी प्रक्रिया आन्तरिक प्रतिस्पर्धामार्फत सम्पन्न गरिने जनाइएको छ ।

प्राधिकरणले योग्य र सक्षम जनशक्ति भर्ना गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले पदपूर्ति प्रक्रिया अघि बढाएको जनाएको छ ।


सम्बन्धित समाचार