Logo

१९ पौष, काठमाडौँ । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ६ बजेर १३ मिनेट जाँदा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । प्रारम्भिक जानकारीअनुसार भूकम्पबाट मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

यसअघि पनि नेपालमा सानाठूला भूकम्प गइरहेका छन् । गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

नेपाल हिमालय क्षेत्रअन्तर्गत पर्ने भएकाले यहाँ विभिन्न समयमा भूकम्प जाने क्रम जारी रहेको विज्ञहरूले बताउँदै आएका छन् ।


सम्बन्धित समाचार