Logo

१८ माघ,वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बारा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुरले चुनावी गतिविधिलाई तीव्र बनाएका छन्। उनले वृहत चुनावी भेला तथा रणनीतिक छलफल कार्यक्रमलाई निरन्तरता दिँदै विभिन्न स्थानमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन्।

नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्रीसमेत रहेका उम्मेदवार मन्सुरले कलैया उपमहानगरपालिका तथा जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडाहरूमा वडासमिति, नेता तथा कार्यकर्तासँग छलफल तथा अन्तरक्रिया गरेका हुन्।

शनिबार मन्सुरले कलैया उपमहानगरपालिका वडा नम्बर १९ मा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गरे। यसअघि शुक्रबार उनले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ र १५ मा चुनावी भेला, छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका थिए।

सो अवसरमा बोल्दै उम्मेदवार मन्सुरले लोकतन्त्र, संविधान र समावेशी विकासको रक्षा गर्न नेपाली काँग्रेसलाई बलियो बनाउनु आवश्यक रहेको बताए। उनले सबै लोकतन्त्रप्रेमी नागरिक एकजुट हुनुपर्नेमा जोड दिँदै भने, “रुख छापमा मतदान गर्नु भनेको स्थायित्व, सुशासन र उज्यालो भविष्यको पक्षमा उभिनु हो।”

छलफल तथा भेटघाट कार्यक्रममा निर्वाचन केन्द्रित कार्यक्रम तय गर्ने, संगठन सुदृढीकरण तथा मतदान रणनीति निर्माणलगायत विषयमा विशेष छलफल भएको युवा नेता राजेश भण्डारीले जानकारी दिए।


सम्बन्धित समाचार