१९ माघ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका दाइ कौशलेन्द्र शाहले वीरगञ्जका सामाजिक अभियन्ताहरूसँग भेटघाट गरेका छन्।
वीरगञ्जमा सम्पन्न उक्त भेटघाटमा स्थानीय स्तरमा सञ्चालन भइरहेका सामाजिक गतिविधि, विद्यमान समस्या तथा विकासका सम्भावनाबारे छलफल भएको थियो।
छलफलका क्रममा शाहले समाज परिवर्तनमा सामाजिक अभियन्ताहरूले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै सकारात्मक परिवर्तनका लागि सहकार्य आवश्यक रहेको बताए।
भेटका क्रममा सामाजिक अभियन्ताहरूले वीरगञ्जमा देखिएका प्रमुख चुनौतीहरू—विशेषगरी सरसफाइ व्यवस्थापन, युवाहरूको प्रभावकारी परिचालन, भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सुधारका विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

















