Logo

२८ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले उकालो यात्रा जारी राख्दै फेरि नयाँ उचाइ तय गरेको छ ।

बुधबार सुनको भाउ प्रतितोला १ हजार १०० रुपैयाँले बढेर अहिलेसम्मकै महँगो दरमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ कायम गरिएको छ, जबकि हिजो मंगलबार यसको मूल्य ३ लाख ५ हजार ५०० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण सुनको भाउले दैनिक रूपमा नयाँ रेकर्ड बनाइरहेको व्यवसायीहरूको भनाइ छ।

सुनसँगै चाँदीको मूल्यमा पनि बुधबार वृद्धि देखिएको छ । मंगलबार प्रतितोला ५ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँ पुगेको छ । पछिल्लो समय बहुमूल्य धातुको मूल्यमा भइरहेको यो अस्वाभाविक वृद्धिले आम उपभोक्तालाई मात्र नभई व्यवसायीहरूलाई समेत चिन्तित तुल्याएको छ । बिहेवारी र चाडपर्वको सिजन नभए पनि लगानीकर्ताहरूको आकर्षण सुरक्षित लगानीतर्फ मोडिँदा सुनचाँदीको बजारमा लगातार चाप परिरहेको देखिन्छ ।


सम्बन्धित समाचार
भर्खरै