२९ फागुन,काठमाडौं । कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले शुक्रबार राजीनामा दिएका छन्। पाँच वर्षदेखि कान्तिपुरको नेतृत्व गरिरहेका चौहानले आफ्नो राजीनामा नियमित न्यूजरूम मिटिङको क्रममा पत्रकारहरूसामु दिएका हुन्।
एक कान्तिपुरकर्मीले देशसञ्चारलाई जानकारी दिंदै भने अनुसार, राजीनामा शुक्रबार बिहानको बैठकमै न्यूजरूममा गरिएको थियो। सो बैठकमा कान्तिपुर मिडिया ग्रुपका समूह सम्पादक अनुप काफ्ले पनि उपस्थित थिए।
पूर्वप्रधान सम्पादक सुधीर शर्माले राजीनामा दिएपछि चौहान प्रधान सम्पादकका रूपमा नियुक्त भएका थिए। नयाँ नेतृत्व चयन नहुन्जेलसम्म उनी नै कान्तिपुरको सम्पादक रहनेछन्।

















