Logo

७ वैशाख,वीरगञ्ज । बाराको क्षेत्र नं.२ मा वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो ।

यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सूचनामा बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूण राजमार्ग ९ वैशाख राति १२ बजेबाट १० गते साँझ ७ बजे सम्मकालागि सम्पूर्ण आवागमन बन्द गर्ने भनिएको छ ।

एम्बुलेन्स, दुध तथा औषधि बोकेका सवारी, खानेपानीका ट्यांकर, दमकल, दूरसंचार सेव, शव वहान, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा, कुटनितिक नियोगका सवारी र अनुमति प्राप्तबाहेकका सावारी सञ्चालमा रोक लगाइएको छ ।

यसैगरी आज नै राति १२ बजेपछि मौन अवधी सुरु हुने भएकाले दलहरु आज दिनभर अन्तिम प्रचारमा उम्मेदवारहरु जुटेका छन् । मतदान सुरू हुनु ४८ घण्टा अघिदेखि मौन अवधि सुरू हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारहरुलाई आज दिनभर मात्रै प्रचार प्रसारको समय रहेको हो । मौन अवधि सुरू भएपछि कुनै पनि माध्यमबाट प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

 


सम्बन्धित समाचार