Logo

फाइल तस्बिर

८वैशाख,वीरगञ्ज । बैशाख १० गते बारा क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनलाई मध्यनजर गरि भारतसंग जोडिएका बारा जिल्लाका सीमानाका तीन दिन बन्द गरिने भएको छ ।

आज राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द हुने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको हो । मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।

उपनिर्वाचनलाई स्वच्छ,धाधलिरहित बनाउनका लागि जिल्लामा शान्ति सुरक्षाको स्थिति मजबुद बनाएको उहाँले बताउनुभएको छ ।


सम्बन्धित समाचार