Logo

९ वैशाख, बारा । भोलि बैशाख १० गते बारा २ हुन लागेको उपनिर्वाचनमा ६५ वटा मतदान स्थल अति संवेदनशिल रहेका छन् । बाराको क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनमा ८२ वटा मतदान स्थल तोकिएको छ । जसमध्ये ६५ वटा अतिसंवेदनशिलको सुचीमा रहेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

उपनिर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन वर्गिकरणका आधारमा सुरक्षा व्यवस्था परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउँनुभयो । उपनिर्वाचनका लागि बारामा दुई हजार पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनको दिन क्षेत्र नं.२ मा आधिकारिक बाहेक अन्य व्यक्तिहरुलाई प्रबेशमा रोक लगाईएको छ ।

सिम्रौनगढ, कोल्हबी, बारागढी, मटिअर्वा, कलैयालगायतका नाकामा प्रहरी परिचालन गरिएको र मतदानको दिन अन्य क्षेत्रका पैदल यात्रु समेत प्रवेश हुन नपाउने गरी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका, देवताल गाउँपालिका, सुवर्ण गाउँपालिकाका सबै वडा र कोल्हबी नगरपालिकाको वडा नं. ८ को भुभाग यस निर्वाचन क्षेत्रमा पर्दछ । बारा क्षेत्र नं. २ मा एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका छन्


सम्बन्धित समाचार