Logo

१० वैशाख,बारा । बारा २ उपचुनावमा मतदान जारी रहेको बेला एक जनासँग दुई वटा मतपत्र फेला परेपछि मतदानस्थल तनावग्रस्त बनेको छ। बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरपाती जब्दीमा रहेको मतदान केन्द्रमा एक जनासँग दुई वटा मत्रपत्र फेला परेको हो। मतदानस्थलमा दुई वटा मतपत्र बोकेको व्यक्ति जनता समाजवादी पार्टीका रामसागर यादव भएको प्रहरीले जनायो ।

जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका यादव अहिले प्रहरीको नियन्त्रणमा छन्। यादवसँग दुई वटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्र अहिले तनावग्रस्त बनेको छ।यस अघि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संञ्चारहरु सँगै भारत सिमासँग जोडएको पचरौता नगरपालिका ४ बेलदारीमा जनमत पार्टीका कार्यकर्तालाई मात्र नभएर आफूलाई पनि प्रचार प्रसार गर्न समेत जान नदिएको गुनासो गरेका हुन् ।

मतदानको अवलोकन गर्ने क्रममा अध्यक्ष राउतले सञ्चारकर्मीसँग भने, ‘जसपासँग प्रशासन मिलेको छ । हाम्रो कार्यकर्तालाई ज्यान मार्ने धम्की दिएको छ, अनी कसरी निष्पक्ष निर्वाचन हुन्छ रु म राष्ट्रिय अध्यक्ष हुँदा पनि केहि गाउँमा जानसक्ने अवस्था छैन ।’

देवतालको झिटकैया बुथमा मतदाताको सहमतीमा अरु व्यक्तिले पनि मतदान गर्न पाउने निर्णय जर्वजस्ती गराएको पनि उनले बताए । उनले भने– यो निर्णय बुथकब्जा गर्नकै लागि गरिएको छ ।’ सुरक्षाकर्मीसँग पटक पटक सुरक्षा माग्दा नदिएको उनको गुनासो थिए । उनले प्रशासनको मिलोमतोका कारण बेलदारी, झिटकैया लगायतका केही बुथ कब्जा हुनसक्ने उनको भनाई छ ।


सम्बन्धित समाचार