Logo

१० बैशाख, वीरगञ्ज । बारा क्षेत्र नं. २ मा जारी मतदानका क्रममा बाराको सिमावर्ति नाकाहरु सुनसान देखिएका छन् । जिल्लामा भारी मात्रामा प्रहरी परिचालन गरिएको छ ।
सिम्रौनगढ, कोल्हबी, बारागढी, मटिअर्वा, कलैया लगायतका नाकामा प्रहरी परिचालन गरिएको र अन्य क्षेत्रका पैदल यात्रु समेत प्रवेश हुन नपाउने गरी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

नेपाल भारत सीमावर्ती क्षेत्र बिहीबार राति १२ बजेदेखि दुवै तर्फबाट आवागमन बन्द गरिएको छ । बारा क्षेत्र नं. २ मा सुरक्षा चुनौती रहेका कारण जनपद, सशस्त्र र सेना गरी करिब ३ हजार प्रहरी फिल्डमा परिचालन गरिएको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिनुभयो ।

अति संबेनशिल मतदान स्थलमा १२ देखि ३० जना प्रहरी र सामान्य मतदान स्थलमा १० जना प्रहरी खटाइएको उहाँले जानकारी दिनुभयो । मतदानपछि बिभिन्न बुथहरुबाट मतपेटीका सङ्कलनकालागि १७ वटा बस र ट्रकहरुको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आज बेलुका साँत बजेसम्ममा मतपेटिका ल्याईसक्ने लक्ष्य रहेको बोगटीले जानकारी दिनुभयो ।

मतपेटिका ल्याईसकेपछि बस्ने सबदलिय बैठकले कति खेर मतगणना गर्ने समय निर्धारण गर्ने बताउनुभयो । मतगणना कलैया उपमहानगरपालिकाको गंगापुर स्थित शिक्षा तालिम केन्द्रमा हुने पुर्ब निर्धारण भईसकेको छ ।


सम्बन्धित समाचार