Logo

१० वैशाख,काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा मतदानको निर्धारित समय सकिएको छ ।

जिल्ला निर्वाचन कार्यालयहरुका अनुसार विहान ७ बजेबाट सुरु भएको मतदानको समय सकिएको हो । निर्वाचन अधिकृतहरुले मतदानको समय सकिए पनि लाइनमा बसेका मतदाताहरुलाई मतदान गर्न दिइने बताए ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा हुनुहुन्छ ।

त्यस्तै बारा निर्वाचन क्षेत्र नं २ मा उपेन्द्र यादव, पुरोसत्तम पौडेल, रमेश खरेल र शिवचन्द्र कुशावाहा लगायतबीच प्रतिस्पर्धा भइरहेको छ ।

त्यसैगरी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट रबि लामिछाने, जितनारायण श्रेष्ठ र राम प्रसाद न्यौपाने लगायतबीच प्रतिस्पर्धा भइरहेको छ ।


सम्बन्धित समाचार