Logo

११ वैशाख,चितवन । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ । बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

सर्वदलीय बैठकमा हुने सहमतिपछि मतगणना सुरु हुने बताइएको छ । यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन ।

स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभइ मतगणना नगर्ने नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको अडानका कारण मतगणनामा ढिलाइ भएको हो ।

चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन् ।


सम्बन्धित समाचार