Logo

काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गृह मन्त्रालयको जिम्मेवारी तत्कालका लागि आफैँले सम्हाल्ने भएका छन् ।

२६ दिनमै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि रिक्त रहेको सो शक्तिशाली मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले मातहतमा राख्ने निर्णय गरेका हुन् ।

बुधबार प्रधानमन्त्री कार्यालयमा पुगेर गुरुङले राजीनामा बुझाएलगत्तै प्रधानमन्त्री शाहले यस्तो निर्णय लिएका हुन् । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार, नयाँ गृहमन्त्री नियुक्त नहुञ्जेलसम्मका लागि मन्त्रालयको दैनिक कार्यसम्पादन प्रधानमन्त्रीकै निर्देशनमा हुनेछ ।

‘गृहमन्त्रीज्यूले भर्खरै राजीनामा दिनुभएको छ । अर्को व्यवस्था नभएसम्मका लागि गृह मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीज्यूले नै गर्नुहुनेछ,’ दाहालले जानकारी दिइन् ।


सम्बन्धित समाचार