Logo

२८ वैशाख,काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सोमबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन्।

काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको खप्तड बडीमालिका यातायातको ना ८ख १९४९ नम्बरको बस बर्दिया राष्ट्रिय निकुञ्ज भित्र दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख प्रहरी निरीक्षक मिरा खड्काका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते दुवैलाई प्रारम्भिक उपचारपछि लालरत्न अस्पताल बाट थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।

अन्य १६ जना घाइतेको उपचार लालरत्न अस्पतालमै भइरहेको छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस सडकबीचमै पल्टिँदा केही समयका लागि यातायात अवरुद्ध भएको थियो। बस हटाउने प्रयास जारी छ। दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन।


सम्बन्धित समाचार