Logo

२८ बैशाख, काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा संसदीय मर्यादा र राजनीतिक खिचातानीको एउटा रोचक दृश्य देखियो ।

बैठक सुरु हुनासाथ विपक्षी बेन्चमा रहेका नेपाली कांग्रेसदेखि नवगठित श्रम संस्कृति पार्टीसम्मका सांसदहरू एकैसाथ सिटबाट जुरुक्क उठेपछि हलमा केही बेर अन्योल छायो । सरकारका कामकारबाही र समसामयिक मुद्दामा असन्तुष्टि जनाउँदै विपक्षी मोर्चाले सदनको कारबाही अघि बढ्न नदिने संकेत गरेपछि सत्तापक्ष र विपक्षीबीच मौन ‘ईगो’ को लडाइँ प्रस्ट देखिन्थ्यो ।

विपक्षी दलहरू—नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले उभिएर मौन तर सशक्त विरोध जनाइरहेका बेला बैठकको वातावरण एकाएक तातिएको थियो। नाराबाजी नभए पनि उनीहरूको ठिङ्ग उभिएको भावभङ्गीले सरकारमाथि ठुलै दबाब सिर्जना गरेको भान हुन्थ्यो ।

तर, सदनको यो अवरोधलाई सभामुख डोलप्रसाद अर्यालले निकै कुशलतापूर्वक व्यवस्थापन गरे। मुठभेडको स्थिति निम्तिन नदिन सभामुखले तत्कालै ‘आकस्मिक समय’ उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि मात्र विपक्षी सांसदहरू आआफ्नो सिटमा बस्न राजी भए। सभामुखको यो लचकताले तत्कालका लागि सदनको मुड फेरिएको छ भने अबको आकस्मिक समयमा विपक्षीले सरकारलाई कुन विषयमा र कति कडा रूपमा घेर्ने हुन् भन्ने चासो झनै बढेको छ।


सम्बन्धित समाचार