१८ माघ, काठमाडौं । नेपाली बैंकिङ क्षेत्रको सम्पत्ति शुद्धीकरण र कर्जा व्यवस्थापनमा पछिल्लो समय केही सकारात्मक सङ्केतहरू देखा पर्न थालेका छन् । आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासको वित्तीय विवरणहरूलाई सूक्ष्म रूपमा विश्लेषण गर्दा, लामो समयदेखि बढ्दो क्रममा रहेको निष्क्रिय कर्जालाई नियन्त्रण गर्न १० वटा वाणिज्य बैंकहरू सफल भएको देखिन्छ