६ वैशाख, वीरगञ्ज । पेट्रोलियम पदार्थको मूल्यमा भएको अस्वाभाविक वृद्धिको सिधै असर पर्साका किसानहरूमा परेको छ । डिजेलको मूल्य आकासिएसँगै खेतीपातीको लागत दोब्बरले बढेपछि यस वर्ष पर्साका धेरै किसानहरूले हर्दिनाथ–१ (चैते धान) को रोपाइँ नै नगर्ने निर्णय गरेका छन् । ब्याडमा बीउ तयार भइसक्दा पनि जोताइ र सिँचाइको खर्च धान्न नसक्ने