Logo
पर्सा-२ मा उज्यालो नेपाल पार्टीबाट सीए कृष्ण मुरारी प्रजापति उम्मेदवार

६ माघ, वीरगञ्ज । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर २ बाट युवा उम्मेदवार सीए (चार्टर्ड एकाउन्टेन्ट) कृष्ण मुरारी प्रजापतिलाई मैदानमा उतारेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ निवासी प्रजापतिलाई पार्टीले औपचारिक रूपमा टिकट प्रदान गर्दै आफ्नो उम्मेदवार घोषणा गरेको हो ।