७ वैशाख, काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब भुक्तानी प्रणालीमा आमूल परिवर्तन गर्ने तयारी गरेको छ । अब कर्मचारीले मासिक रूपमा नभई १५–१५ दिनको अन्तरालमा तलब र भत्ता पाउने भएका छन् । बजारमा नगद प्रवाह सहज बनाउने र कर्मचारीको हातमा छिटो रकम पुर्याउने उद्देश्यले सरकारले यस्तो नीतिगत निर्णय गरेको हो ।