Logo
सर्लाहीमा कांग्रेस नेतामाथि शृंखलाबद्ध आक्रमण

२२ जेठ, सर्लाही । सर्लाहीमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि शृंखलाबद्ध आक्रमणका घटना बढेको भन्दै नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले स्थानीय प्रहरी प्रशासनमाथि नै अपराधीहरूलाई संरक्षण गरेको गम्भीर आरोप लगाएका छन् । उनले आज बुधबार एक विज्ञप्ति जारी गर्दै प्रहरीको मौनताले आफूहरूलाई थप चिन्तित बनाएको बताएका छन्