२ बैशाख, काठमाडौँ । पहुँचवालाको दबाब र अपारदर्शी वितरणका कारण लक्षित वर्गले छात्रवृत्ति नपाएको गुनासो बढेपछि सरकारले निजी तथा संस्थागत विद्यालयमाथि निगरानी कडा पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली र विस्तृत विवरण अभिभावकले देख्ने गरी सार्वजनिक रूपमा टाँस गर्न र अनलाइन प्रणालीमा अद्यावधिक