Logo

५ असोज, वीरगन्ज । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार दिल्लीको एम्स अस्पतालमा निधन भएको छ । उनलाई अगस्ट १० मा हृदयघात भएको थियो । त्यसयता उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो । लामो समय भेन्टिलेटरमा रहेपछि २१ सेप्टेम्बरमा उनले अन्तिम सास फेरे ।बीबीसीको एम्स स्रोतले राजु श्रीवास्तवको मृत्यु भएको पुष्टि गरेको छ ।

राजु श्रीवास्तव ट्रेड मिलमा दौडिरहेका बेला छातीमा दुखाई हुँदा ढलेका थिए । राजु श्रीवास्तवका परिवारका सदस्य उनको स्वास्थ्यमा सुधारको पर्खाइमा थिए तर त्यसो भएन । राजु श्रीवास्तवकी श्रीमती शिखा र उनका दुई सन्तान छन् ।राजु श्रीवास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष थिए। उनले ‘मैने प्यार किया’, ‘बाजीगर’ र ‘आमदानी अठन्नी खर्चा रुपैया’ जस्ता चलचित्रमा पनि साना भूमिका खेलेका थिए ।

राजु श्रीवास्तव सन् २००५ मा ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ मा सहभागी भएर चर्चामा आएका थिए ।राजु श्रीवास्तव सन् १९८० को दशकदेखि मनोरञ्जन क्षेत्रमा थिए । तर सन् २००५ मा ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ पछि उनको लोकप्रियता रोकिएन । गजोधर भैयाको भूमिकामा उनी निकै चर्चित भए । राजु श्रीवास्तव सामान्य भारतीयको जीवनबाट ती पक्षहरू उठाउँथे, जसमा सबै हाँस्न बाध्य थिए।


सम्बन्धित समाचार