Logo

१० चैत,वीरगञ्ज । होली पर्व नजिकिदै जाँदा वीरगञ्ज बजारमा किनमेल गर्नेहरुको चहलपहल सुरु भएको छ । वसन्त ऋतु आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने होली पर्वका लागि सर्वसाधारण किनमेलमा व्यस्त भएका हुन् ।

ग्रामीण तथा सहरी क्षेत्रका बासिन्दालाई बेलुन, अबिर, पिच्कारी तथा ‘ह्याप्पी होली’ लेखिएको पोशाक लगायतका सामग्री खरिद–विक्री गर्न भ्याइँ न भ्याइँ छ ।यस वर्षको पहाडका लागि आइतबार र तराई मधेशका जिल्लामा सोमबार होली पर्व परेकोले हर्षोल्लासका साथ मनाउने तयारी अनुसार होली सामाग्री किनमेल अन्तिम चरणमा पुगेको सर्वसाधारणको भनाई छ ।

होलीको लागि किनमेल गरिने वीरगञ्जका घण्टाघर, माइस्थान, आर्दशनगर, विपी उद्यानमा लाग्ने बजारहरुमा पहिले भिडभाड हुने स्थानमा पनि अहिले सामान किन्न आउने निकै कम रहेको व्यापारीहरूको भनाइ छ ।साँझको वेला गाउँघरमा समेत एक साता अघिदेखि नै उल्लास र उमंग बाड्न बूढापाका तथा युवा तन्नेरीहरू समूह बनाएर ढोल, मुजुरा, हार्मुनियम तथा डम्फु–झ्याली बजाउँदै जोगिरा गाउन सुरु गरेका छन् ।


सम्बन्धित समाचार