Logo

५ साउन,काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक कारधनीसमेत रहेका सुरेशचन्द श्रेष्ठ हुन्। मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले आगलागी र मृत्युबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।


सम्बन्धित समाचार